मंगलबार , अषोज २७, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु वर्तमान सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादीले चाहेको खण्डमा जादु चल्ने, तर अहिले आफूहरुको ध्यान त्यतातिर नरहेको बताएका हुन् । ‘जादु चलाउन चाहे त चल्छ, अहिले चलाउने पक्षमा छैनौँ,’– प्रचण्डले भने ।

उनले अहिले आफूहरु सरकारको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वा अरु कसैलाई पनि फकाउने पक्षमा नरहेको बताए । वर्तमान सरकार आफ्नै बोझको कारणले ढल्ने भने निश्चित रहेको उनले बताए । अध्यक्ष प्रचण्डले जनताको मनमा भने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलिसकेको दाबी गरे ।

प्रचण्डले अहिले माओवादीको ध्यान सरकार बनाउने र गिराउने भन्दा पनि जनतातिर केन्द्रीत रहेको र आगामी जेठ महिनादेखि मध्यपहाडी लोकमार्ग अभियानमा जाने तयारी रहेको बताए ।
Fie photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP