आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नै निवेदन सच्याउन माग गर्दै अर्को निवेदन दर्ता गराएका छन् । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन् ।

पहिलो निवेदनमा विपक्षी बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुनुपर्नेमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय’ उल्लेख भएकाले म्याद बुझाउन अप्ठ्यारो परेको थियो । त्यो त्रुटि सच्याएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बनाउन माग गर्दै अर्को निवेदन दिइएको लामिछानेका वकिल एवं अधिवक्ता डा. नारायण कँडेलले जानकारी दिए ।

यही वैशाख १७ गते दर्ता उक्त निवेदन आज (वैशाख २१) न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ । निवेदन सच्याउन आदेश भएपछि म्याद तामेलीसहित जवाफ माग्ने प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP