मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले गिरीबन्धु टि स्टेटविरुद्धको मुद्दामा फैसला गर्ने न्यायाधीशलाई ‘बौलाहा’ को संज्ञा दिएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले न्यायाधीशले संसद्को अधिकारमाथि हमला गरेको बताए । उनले सदनले बनाएको कानूनलाई दुराशयपूर्ण भन्ने अधिकार न्यायलयलाई नरहेको उनको धारणा थियो ।

‘गिरीबन्धु टी स्टेट एउटा न्यायाधीशले, प्रचण्ड र ओलीसहितको दुई तिहाइ बहुमतले बनाएको एउटा कानून छ– जग्गा सट्टापट्टासम्बन्धी कानून । त्यो कानुनमा एउटा न्यायाधीश बौलाहले के भन्दियो भन्दाखेरी, बौलाह नै भन्नुपर्छ । किनभने एक न्यायाधीशले संसद्माथि हमला गर्नुभएको छ । यो ऐन दूराशयपूर्ण छ । कुनै पनि संसदको ऐन न्यायाधीशले त्यो ऐन दूराशयपूर्ण भन्न पाउँदैन । तर, त्यतिखेर कांग्रेस र माओवादी मिलेको हुनाले ओलीविरुद्ध गिरीबन्धु भनियो । यथार्थमा एक न्यायाधीशले प्रतिनिधि सभामाथि, सदनमाथि हमला गरेको छ । सदनले बनाएको कानून दूराशयपूर्ण भनेको छ । त्यसो भएको हुनाले ओलीका रिसले जे पनि मान्ने,’– उनले भने ।

एमाले नेता शाहीले अदालत र न्यायाधीशमाथि त्यतिमात्रै आक्रोश पोखेनन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मन्त्री भाग नदिइएको कारण संसद् विघटन बदर भएको आरोप लगाए । उनले भने, ‘ओलीको गल्ती कहाँनिर भयो भन्दाखेरी गजेन्द्र हमालजस्ता दुई जनालाई मन्त्री नबनाएको भएर मात्रै ओली सरकार ढलेको हो त्यतीखेर । गजेन्द्र हमाललाई मन्त्री बनाएको भए चोलेन्द्र यता आउँथे । त्यतिखेरका अदालत, त्यतिखेरका प्रतिपक्ष, त्यतिखेरका परमादेश त्यो जनादेश निल्न गरेको थियो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP