शनिबार , भाद्र १३, २०८३

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शारीरिक र बौद्धिक श्रम गर्ने सबै खाले श्रमिकको श्रमलाई उच्च सम्मान गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल समाजवादी टे«ड युनियन महासङ्घ र नेपाल समाजवादी नेवा सङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै श्रमिकको हकहितको कुरा गर्ने कम्युनिष्ट पार्टीका नेताहरु नै सत्तामा पुगेपछि मजदुरका हकहितका विषयलाई बेवास्ता गर्ने गरेको बताए ।

‘मजदुरले लडेर ल्याएको आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अधिकार व्यवहारमा अझै लागू हुन सकेको छैन, अहिले श्रम गरेर खानेभन्दा बिचौलिया र कमिसनखोरको बिगबिगी भएको छ,’– उनले भने ।

मजदुरहरु र आम नेपाली जनताको सङ्घर्षका कारण देशमा सङ्घीय लोकतान्त्रिक व्यवस्था, स्थापना भए पनि मजदुरका समस्या समाधान हुन नसक्नु दुःखद पक्ष भएको उनले भनाइ छ । उनले लामो सङ्घर्षबाट राजतन्त्र हटाए पनि राजनीतिक दलका नेताको कार्यशैली राजाको जस्तै भएको उल्लेख गर्दै ती दलहरुकै कारण जनतामा असन्तुष्टि सृजना भएको दाबी गए ।

अध्यक्ष भट्टराईले देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद् हुनुपर्नेमा जोड दिँदै पुराना दलले मजदुर र आमजनताका समस्या समाधान गर्न नसक्ने भएकाले आफूले अग्रगामी र वैकल्पिक एजेण्डासहित नेसपा नयाँ शक्ति अगाडि बढाइएको बताए । उनले आफूले भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने काम गरेको बताउँदै नेपालमा राजावादी भन्नेले फैलाएको भ्रमबाट भ्रमित नहुन आफूले भारतका विभिन्न पार्टीका नेतालाई भनेको पनि सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP