आइतबार , भाद्र १४, २०८३

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले माथिको डिजाइनअनुसार नै रेशमलाल चौधरीलाई पक्राउ गरिएको आरोप लगाएका छन् । आज (बुधबार) अदालतको पत्रका आधारमा रेशमलाई पार्टी एकता घोषणा कार्यक्रमस्थलबाट पक्राउ गरिएको थियो ।

रेशमलाई सादा पोशाकका कर्मचारीले पक्राउ गरेसँगै आजको पार्टी एकता कार्यक्रम स्थगित भएको थियो । सर्वोच्चको मुद्दा तथा रिट महाशाखामा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्टको हस्ताक्षरमा जारी भएको पत्रका आधारमा चौधरी पक्राउ गरेका थिए । उक्त पत्र आधिकारिक नरहेको बताउँदै सर्वोच्चले चौधरीलाई तत्काल रिहा गरिदिन अर्को पत्र लेखको थियो ।

सर्वोच्चले जारी गरेको पछिल्लो पत्रका आधारमा चौधरी जेलमुक्त भइसकेका छन् । रेशम छुटेसँगै जनमतका अध्यक्ष राउतले भने, ‘यो सामान्य पक्राउ हुँदै होइन । कतै अरु यस्तो त्रुटी देख्नुभएको छ सर्वोच्च अदालतबाट ? कर्मचारीलाई त मोहरा (गोटी) मात्रै बनाइएको विचरालाई । उहाँलाई मैले विचरामात्रै भन्न सक्छु । यो धेरै माथिबाट भएको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP