मंगलबार , अषोज २७, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश माओवादीमय भएको बताएका छन् । आज (आइतबार) बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले देश प्रचण्डमय भइसकेको बताएका हुन् । माओवादीको पक्षमा आएको उभार जोगाउन सकिन्छ कि सकिँदैन भन्नेमात्रै आफूहरुलाई डर रहेको प्रचण्डले बताए ।

‘माओवादी फेरि एकचोटी जनतासँग जोडिइसकेको छ, वर्गसँग जोडिइसकेको छ । करोडौं जनता फेरि माओवादीसँग । जनताको उत्साह, कार्यकर्ताको उत्साह माअ‍ोवादीमय भएको देखेँ मैले । मलाई अलिअलि डर लाग्छ कहिलेकाँही, प्रचण्डमयजस्तो भइरहेको छ अहिले देशैभरी । यसलाई थाम्न सकिन्छ कि सकिँदैन, त्यो जिम्मा पूरा गर्न सकिन्छ कि सकिँदैन ? निकै ठूलो बोझ, जनताले फेरि भारी बोकाएको हामीलाई महशुस भएको छ,’– उनले भने ।

देशका सबै उत्पीडित वर्गको हक अधिकार, उनीहरुको आत्मसम्मान र पहिचानको निम्ति आफूहरुले लडाईँ लडेर आएको पनि प्रचण्डले बताए । उनले माओवादीले सही विचारको आधारमा जनतासँग घनिष्ट सम्बन्ध बनाएर लडाइँ जितेको बताए । सघीय लोकतान्त्रिक गणतन्त्र माओवादीको सपना रहेको र त्यो ठाउँमा देश पुगिसकेको उनले बताए । प्रचण्डले संघीयता उल्ट्याउने, गणतन्त्रमाथि धावा बोल्ने, जनताले पाएको अधिकार खोस्ने स्याल हुइँया मच्चाएको बताए । उनीहरुको उक्त दुष्साहस कहिले पनि पूरा नहुने प्रचण्डले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP