शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको संसदीय दलको पूर्ण बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्याण्डबाट फर्किनेबित्तिकै भेट्ने वाचा गरेको ब्रिफिङ सुनाएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको आजको बैठकमा सभापति देउवाले थाइल्याण्डको बैंकक जानुअघि फोन गरेर वस्तुस्थिति जानकारी गराएको सुनाएका हुन् । ‘देउवाले थाइल्याण्ड जाने बेलामा जाँदैछु भन्नुभयो । मैले शुभयात्रा भनेँ । थप कुरा आएरै गरौंला भन्नुभयो । मैले हुन्छ भनेको छु । उहाँले सरकारको गतिविधिबारे चिन्ता व्यक्त गर्नुभएको छ,’– प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक सांसदले भने ।

बैठकमा समग्रमा राजनीतिक परिस्थितिको बारेमा छलफल भएको पनि ती सांसदले बताए । आफ्नै कारणले सरकार लामो समय नजाने भनेर प्रचण्डले ब्रिफिङ गरेको पनि उनले सुनाए । प्रचण्डको भनाइ उदृत गर्दै उनले भने, ‘सरकारमा नजाने भनेर हामीले भन्यौं, ढाल्ने पक्षमा पनि हामी छैनौं, जनताले पनि नजाउ नै भनेका छन् । तर, यही सरकारलाई राखिराख्दा झन–झन हानिकारक काम गर्दै जान्छ र व्यवस्थामाथि प्रश्न उठ्छ । हामी सरकार बाहिर हुँदा व्यवस्था कमजोर बनाउँछन् भने त हामीले सरकारमा जाँदैनौं भन्न पनि हुँदैन । सरकारमा तपाईँ जानुस्, हामी समर्थन गर्दिन्छौं भन्दा पनि पाट्नर मान्दैन, सरकार कमजोर हुन्छ भन्छ । त्यतिबेला के गर्ने पछि छलफल गरौंला । तर, सरकार आफ्नै कारणले अब धेरै लामो समय जाँदैन भन्नु भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP