आइतबार , असार १, २०८२

पूर्व उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले आजको दिनमा आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध शून्यमा रहेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीसँग आफ्नो सम्बन्ध राम्रो पनि नभएको र नराम्रो पनि नभएको भन्दै त्यसलाई शून्यको सम्बन्धको संज्ञा दिए ।

प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन् । आफ्नो पहलमा एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको स्मरण गर्दै गौतमले पछि नेकपा विभाजन हुँदापनि आफू कतैपनि नलागेको गौतमको भनाई छ । उनले आफू अझैपनि दुई दलबीच एकता गराउने प्रयासमा रहेको सुनाए ।

गौतमले अहिले आफू र ओलीबीच पानी बाराबारको अवस्था भने नरहेको स्पष्ट पारे । उनले ओलीले बोलाउँदा आफू जाने तर पार्टीमा प्रवेश गर्न भने नजाने विश्वास दिलाए । उनले अहिले आफू र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि वार्ता तथा छलफल भैराखेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP