मंगलबार , बैसाख ९, २०८२

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षा ऐन तत्काल जारी हुनुपर्ने मागसहित शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा होमिएको २०औं दिनमा उनले राजीनामा बुझाएकी हुन् ।

विद्यालय शिक्षा विधेयकको विषयमा प्रधानमन्त्री ओली र मन्त्री भट्टराईबीच लामो समयदेखि मतभेद रहँदै आएको गाइँगुईँ चलिरहेको थियो । उक्त गाइँगुइँका बीच शिक्षा मन्त्री भट्टराईले राजीनामा बुझाएकी छन् ।

आन्दोलनरत शिक्षकहरुलाई मन्त्रालयले यसअघि दुई पटक वार्तामा बस्न आह्वान गरेको थियो । मन्त्रालयको आह्वानलाई बेवास्ता गरी शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले २० दिनदेखि लगातार काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । जसको कारण सर्वसाधरण जनताको दैनिकी अस्तव्यस्त बनिरहेको छ भने एसईईको उत्तरपुस्तिका परीक्षण कार्य अलपत्र बनेको छ ।

त्यस्तै, आगामी वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षासमेत अन्यौलतामा धकेलिएको छ । यी साह्रा अनिश्चितता र अन्यौलताका बीच मन्त्री भट्टराईले पदबाट राजीनामा दिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP