आइतबार , भाद्र १४, २०८३

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षा ऐन तत्काल जारी हुनुपर्ने मागसहित शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा होमिएको २०औं दिनमा उनले राजीनामा बुझाएकी हुन् ।

विद्यालय शिक्षा विधेयकको विषयमा प्रधानमन्त्री ओली र मन्त्री भट्टराईबीच लामो समयदेखि मतभेद रहँदै आएको गाइँगुईँ चलिरहेको थियो । उक्त गाइँगुइँका बीच शिक्षा मन्त्री भट्टराईले राजीनामा बुझाएकी छन् ।

आन्दोलनरत शिक्षकहरुलाई मन्त्रालयले यसअघि दुई पटक वार्तामा बस्न आह्वान गरेको थियो । मन्त्रालयको आह्वानलाई बेवास्ता गरी शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले २० दिनदेखि लगातार काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । जसको कारण सर्वसाधरण जनताको दैनिकी अस्तव्यस्त बनिरहेको छ भने एसईईको उत्तरपुस्तिका परीक्षण कार्य अलपत्र बनेको छ ।

त्यस्तै, आगामी वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षासमेत अन्यौलतामा धकेलिएको छ । यी साह्रा अनिश्चितता र अन्यौलताका बीच मन्त्री भट्टराईले पदबाट राजीनामा दिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP