मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वास्थ्योपचारको लागि थाइल्याण्ड जाँदैछन् । बैंकक उड्नुअघि उनले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका छन् ।

खड्का देउवाका विश्वासपात्रको रुपमा चिनिएका छन् । हालै बसेको कांग्रेस–एमाले नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भने खड्का सहभागी भएनन् । महामन्त्री गगन थापापनि सहभागी भएका थिएनन् । पछिल्लो समय कांग्रेसका पदाधिकारी तहकै नेताहरुले सरकारको गति सुस्ताएको भन्दै सार्वजनिक रुपमा आलोचना बढाएका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीको विषयले सत्ता गठबन्धनमा असमझदारी पैदा भएको चर्चा थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीचको एक्लाएक्लै भेटवार्ताले गभर्नर नियुक्तीको विषयमा पनि सहमति गरेको बताईन्छ । देउवाले अघि सारेको नाममा प्रधानमन्त्री ओलीको सहमति रहेको जनाईएको छ ।

राष्ट्र बैंकको निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएपछि उनैले गभर्नरमा बाजी मार्ने अड्कलबाजी चलिरहेको छ । तर, गभर्नर नियुक्ती प्रक्रिया अघि नबढ्दै यो विषय अदालत पुगेको छ । आज सुनुवाईको लागि पेशी तोकिएको थियो । तर, मुद्दा हेर्न नभ्यार्ईनेमा राखिएको छ । गनर्भर नियुक्तीको प्रक्रियाको थालनी नै नहुँदै देउवा भने उपचारको लागि बैंकक जान लागेका हुन् । उनी एक साता उतै बस्ने भनिएको छ ।

उनको बैंकक बसाईलाई एमालेले भने शंकाको दृष्टिकोणले हेर्न थालेको पनि चर्चा गाईंगुईं चल्न थालेको छ । कांग्रेसले यही बैशाख १७ गते बस्नेगरि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार लामो नजाने र नयाँ वर्षमा नयाँ सरकार आउने दाबी गरेको बेलामा कांग्रेसले पनि सक्रियता बढाएको छ ।

यद्धपी सभापति देउवाको निवासमा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र सरकारमा सामेल भएका मन्त्रीहरुको संयुक्त बैठकमा तत्काल सरकार फेरवदलको सम्भावना नरहेको निश्कर्ष निकालेको थियो । प्रवक्ता डा. प्रकाशशरण महतले त सरकार ढल्ने माओवादी अध्यक्ष प्रचण्डको भनाईबारे ‘प्रचण्डले चाहँदैमा सरकार बन्ने र ढल्ने नहुने’ जवाफ फर्काएका थिए ।

तर, सभापति देउवालाई भने दबाब रहेको बताईन्छ । सडकमा व्यवस्थाविरोधी आन्दोलन, विपक्षीहरुको निरन्तर संघर्ष र भारतसँगको सम्बन्धमा सुधार नदेखिएपछि कांग्रेस नेतृत्व यतिवेला दबाबमा रहेको छ । एमालेसँगको सहकार्यलाई लिएर भएको ७ बुँदे सहमति कार्यान्वयन नभएको भनेर कांग्रेसभित्रैबाट आलोचना भैरहेको छ ।

पार्टीभित्रको दबाब थेग्न नसक्ने अवस्थामा पुगेपछि देउवाले यही बैशाख १७ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । सरकारमा रहेका मन्त्रीहरु यतिवेला बजेट निर्माणमा व्यस्त छन् । तर, सरकारको भविष्यलाई लिएर उनीहरुपनि चिन्तित छन् । कांग्रेसकै कतिपय नेताहरुले भने अब बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले नै सरकारमा कांग्रेसको निरन्तरता वा ब्रेक लिने भन्नेबारे निर्णायक निर्णय लिने विश्वास राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP