बिहिबार , जेठ २३, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । गत चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राणालाई स्वाथ्य संवेदनशीलताको कारण हाजिर जमानीमा छाडिएको बताइएको छ ।

क्यान्सरको उपचारका लागि भारत जानुपर्ने भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले राणालाई उनकी श्रीमतीको जिम्मा लगाएर हाजिर जमानीमा छाडेको हो । उक्त घटनामै संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका नेताहरु भने प्रहरी हिरासतमा नै छन् ।

राजावादी समूहले आयोजना गरेको तीनकुनेको प्रदर्शन हिंसात्मक बनेको थियो । सो क्रममा प्रदर्शनकारीहरुले निजी घर, व्यवसायिक भवन र सरकारी सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गरेका थिए । सो क्रममा एक पत्रकारसहित २ जनाको मृत्युसमेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP