मंगलबार , अषोज २७, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ३ नेतालाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको छ।

बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन जानुअघि सिंहरबारस्थित संसदीय दलको कार्यालयबाट लिङ्देनसहितका नेताहरुले प्रदर्शन थालेका थिए।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको नेपालखबरलाई जानकारी दिए।

चैत १५ गतेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइको माग गर्दै राप्रपाले आज निषेधित क्षेत्र तोड्ने कार्यक्रम आयोजना गरेको थियो।

नेताहरू पक्राउको विरोधमा सामूहिक गिरफ्तारी दिने घोषणा गरेका अध्यक्ष लिङ्देनसहितका नेताहरुले सिंहदरबारभित्रै पम्पलेट प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP