सोमबार , असार २, २०८२

भरतपुर महानरपालिका प्रमुख रेनु दाहालले समानुपातिक अथवा मनोनित भएर सांसद नबन्ने उद्घोष गरेकी छन् । जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रत्यक्ष चुनाव लडेरै सांसद बन्ने बताएकी हुन् । उनले आफू चितवनबाटै चुनाव लड्ने, तर क्षेत्र नं २ र ३ मा कुन रोज्ने भन्ने टुङ्गो लागिनसकेको बताएईन् । मेयर दाहालले आफूले घरमै बसीबसी चुनाव जित्नेगरी जनताको पक्षमा काम गरेको दाबी गरिन् ।

‘क्षेत्र नं. ३ हुन्छ कि २ हुन्छ थाहा छैन । समानुपातिकबाट, मनोनित भएर नजाने, प्रत्यक्ष उठ्ने । हिजोको दिनमा केही नहुँदाखेरी त काठमाडौं जस्तो ठाउँमा चुनाव लडेको हो । यहाँ त काम पनि गरेको छ । जनताले काम गरेको आधारमा मूल्याङ्कन गर्ने हो भने घर बसीबसी चुनाव जित्नुपर्छ होला सायद । सही ढंगले मूल्याङ्कन गर्ने र मलाई न्याय गर्दिने हो भनेदेखि,’– उनले भनिन् ।

साथै, फरक प्रसंगमा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उत्तराधिकारीमा आफ्नो दाबी नरहेको बताईन् । पार्टीमा प्रचण्डको उत्तराधिकारी सयौंको रुपमा जन्मिइसकेको र आफू सबैभन्दा कान्छो रहेको पनि उनले बताईन् । ‘सयौं हुनुहुन्छ उत्तराधिकारी । म कान्छो मान्छे, उत्तराधिकारीको रुपमा आफूले आफैंलाई सोचेको पनि छैन । त्यसमा ध्यान पनि छैन । मभन्दा सिनियर लिडर धेरै हुनु्हुन्छ,’– उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP