मंगलबार , अषोज २७, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र नामले मात्रै नभएर कामले बाँच्नुपर्ने बताएका छन् । आज (आइतबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले दलहरुले राम्रो काम गरेर गणतन्त्रलाई थप सुदृढ गराउनुपर्ने र कामले यसलाई स्थापित गराउनुपर्ने बताएका हुन् ।

हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको विषयमै कुराहरु उठाएको उनले बताए । प्रचण्डले गणतन्त्र सुदृढीकरण गर्ने विषयमा कसैको पनि दुईमत नरहेको र पहिलादेखि नै आफूहरुबीच सहमति नै रहेको बताए ।

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा माअ‍ोवादीले सघाउने बताए । तर, अहिलेकै अवस्थामा माओवादी सरकारमा पनि नजाने र सत्तारुढ दललाई सघाउन पनि नसकिने प्रचण्डको भनाइ छ । सरकारको विषयलाई लिएर अहिले कांग्रेस–एमालेमा ठूलो मतभेद रहेको उनले बताए । कांग्रेस–एमाले गठबन्धन सरकार धेरै लामो समय नटिक्ने प्रचण्डको दाबी छ ।

अध्यक्ष प्रचण्डले अहिले गणतन्त्र खतरामा छ भन्ने कुरा गलत रहेको बताए । जनमतको दृष्टिकोणबाट गणतन्त्र खतरामा छैन भन्ने पुष्टि हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP