बिहिबार , जेठ २३, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र नामले मात्रै नभएर कामले बाँच्नुपर्ने बताएका छन् । आज (आइतबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले दलहरुले राम्रो काम गरेर गणतन्त्रलाई थप सुदृढ गराउनुपर्ने र कामले यसलाई स्थापित गराउनुपर्ने बताएका हुन् ।

हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको विषयमै कुराहरु उठाएको उनले बताए । प्रचण्डले गणतन्त्र सुदृढीकरण गर्ने विषयमा कसैको पनि दुईमत नरहेको र पहिलादेखि नै आफूहरुबीच सहमति नै रहेको बताए ।

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा माअ‍ोवादीले सघाउने बताए । तर, अहिलेकै अवस्थामा माओवादी सरकारमा पनि नजाने र सत्तारुढ दललाई सघाउन पनि नसकिने प्रचण्डको भनाइ छ । सरकारको विषयलाई लिएर अहिले कांग्रेस–एमालेमा ठूलो मतभेद रहेको उनले बताए । कांग्रेस–एमाले गठबन्धन सरकार धेरै लामो समय नटिक्ने प्रचण्डको दाबी छ ।

अध्यक्ष प्रचण्डले अहिले गणतन्त्र खतरामा छ भन्ने कुरा गलत रहेको बताए । जनमतको दृष्टिकोणबाट गणतन्त्र खतरामा छैन भन्ने पुष्टि हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP