मंगलबार , अषोज २७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका निवर्तमान इन्चार्ज एवं संगठन विभाग सदस्य ओमनाथ भण्डारी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन् ।

आफूलाई सोध्दै नसोधी प्रदेश इन्चार्जबाट हटाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै भण्डारीले आफू सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । ‘मसँग सामान्य सरसल्लाह पनि नगरी पार्टीका अर्का साथीलाई आजको केन्द्रीय समितिको बैठकले प्रदेश इन्चार्ज तोकेकोमा म दु:खी छु’, उनले पत्रमा उल्लेख गरेका छन्, ‘यदि, म सँग सल्लाह मात्र गरिएको भए पनि म सहर्ष स्वीकार गर्ने थिएँ, । बरु उहाँको प्रस्तावक पनि बनिदिने थिएँ ।’

कार्यवाहक सभापति डीपी अर्याललाई राजीनामा पत्र पठाउँदै भण्डारीले अब आफू साधारण सदस्य मात्रै रहने उल्लेख गरेका छन् । ‘आज कै मितिबाट मैले सम्पूर्ण पदीय जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु’, उनले पत्रमा उल्लेख गरेका छन् ।

उनले पार्टीले मूल्य र मान्यता विपरीत निर्णय लिएको आरोप लगाउँदै यसरी बर्खास्त गरिनुले आफूमाथि नैतिक दबाब र नैतिक संकट सिर्जना भएको बताएका छन् .

रास्वपाले बिहीबार मात्रै सातै प्रदेशमा नयाँ ईन्जार्ज तोकेको थियो । जसअनुसार कोशीमा ईन्चार्जको जिम्मेवारी संसदीय दलका प्रमुख सचेतकसमेत रहेका सन्तोष परियारले पाएका छन् ।

रास्वपामा अहले एक पद नीतिले हलचल ल्याएको छ । बिहीबार मात्रै सांसद सुमना श्रेष्ठले पनि सह-महामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP