बिहिबार , जेठ २३, २०८२

नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरु सम्मलित सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बसेको छ । आज साँझ अबेर बसेको बैठकमा सरकार सञ्चालनमा दुई दलबीच देखिएको असहज परिस्थितिको विषयमा छलफल गर्ने भनिएको छ ।

तर, आजको बैठकमा संयन्त्रमा रहेका कांग्रेस नेताहरु पूर्णबहादुर खड्का र गगन थापा सहभागी छैनन् । उपसभापति खड्का यसअघिका सबै बैठकमा सहभागी हुँदै आएका थिए । तर, आज उनी सहभागी छैनन् । महामन्त्री थापा आज बारामा पार्टीको कार्यक्रममा सहभागी भएका थिए । पछिल्लो समय गगनले सरकारको विषयमा खुलेर आलोचना गरेका छन् ।

उनले हिजोमात्रै सरकारको गति एकदमै सुस्ताएको भनेर आलोचना गरेका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आज सरकारबारे ७ बुँदामा आफ्नो असहमति राखेका थिए । आजको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा आँफै सहभागी छन् । उनी पत्नी डा. आरजु राणा र नेता रमेश लेखक लिएर बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरु इश्वर पोखरेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी छन् । प्रधानमन्त्री ओलीको सचिवालयले सार्वजनिक गरेको तस्विर र भिडिओ क्लिपमा नेताहरु प्रफुल्लित मुद्रामा प्रस्तुत भएका छन् । बैठक जारी छ । गभर्नर र एआईजी नियुक्ती प्रक्रियामा दुई दलबीच केही मतभेद रहेको बताईन्छ । तस्विर : प्रम ओलीको सचिवालय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP