मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरु सम्मलित सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बसेको छ । आज साँझ अबेर बसेको बैठकमा सरकार सञ्चालनमा दुई दलबीच देखिएको असहज परिस्थितिको विषयमा छलफल गर्ने भनिएको छ ।

तर, आजको बैठकमा संयन्त्रमा रहेका कांग्रेस नेताहरु पूर्णबहादुर खड्का र गगन थापा सहभागी छैनन् । उपसभापति खड्का यसअघिका सबै बैठकमा सहभागी हुँदै आएका थिए । तर, आज उनी सहभागी छैनन् । महामन्त्री थापा आज बारामा पार्टीको कार्यक्रममा सहभागी भएका थिए । पछिल्लो समय गगनले सरकारको विषयमा खुलेर आलोचना गरेका छन् ।

उनले हिजोमात्रै सरकारको गति एकदमै सुस्ताएको भनेर आलोचना गरेका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आज सरकारबारे ७ बुँदामा आफ्नो असहमति राखेका थिए । आजको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा आँफै सहभागी छन् । उनी पत्नी डा. आरजु राणा र नेता रमेश लेखक लिएर बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरु इश्वर पोखरेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी छन् । प्रधानमन्त्री ओलीको सचिवालयले सार्वजनिक गरेको तस्विर र भिडिओ क्लिपमा नेताहरु प्रफुल्लित मुद्रामा प्रस्तुत भएका छन् । बैठक जारी छ । गभर्नर र एआईजी नियुक्ती प्रक्रियामा दुई दलबीच केही मतभेद रहेको बताईन्छ । तस्विर : प्रम ओलीको सचिवालय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP