सोमबार , असार २, २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नटिक्ने भन्नेबारे आफूले दिएको अभिव्यक्ति सत्तारुढ दलकै नेताहरूको छलफलबाट थाहा पाएको बताएका छन् ।

मंगलबार साँझ नवलपुरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेस–एमालेका कयौं नेताहरूसँग प्रत्यक्ष र परोक्ष संवाद भइरहेको जिकिर गरे ।

‘एमालेका कयौं नेताहरू र कांग्रेसका कयौं नेताहरूसँग भएका प्रत्यक्ष, परोक्ष कुराकानीहरूबाट पनि त्यो स्मेल (गन्ध) थाहा पाएपछि मैले भनेको हो,’ उनले भने, ‘दिन तोकेर भनेको होइन । सायद नयाँ वर्षमा सरकार पनि नयाँ बन्न सक्छ भन्ने कुरा म अहिले पनि भन्न सक्छु ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष कुराकानी नभएको भन्दै अन्य नेताहरूसँग आफू अप्रत्यक्ष संवादमा रहेको प्रचण्डको भनाइ थियो ।

‘सभापति शेरबहादुर देउवाजीसँग अहिले प्रत्यक्ष कुरा त भएको छैन, अप्रत्यक्ष कुरा त धेरैसँग भएको छ । मलाई यो भन्दा धेरै बोल्न नलगाउनुस् है, क्रिपया,’ प्रचण्डले भनेका छन् ।

सरकारमै रहेका पार्टीका धेरै नेताहरूले पनि असन्तुष्टि व्यक्त गरेकाले पनि यो सरकार धेरै जान सक्दैन भनेर आफूले भनेको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP