आइतबार , भाद्र १४, २०८३

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को शुभकामना सन्देश सार्वजनिक गरेका छन् । आज (आइतबार) भिडिओ सन्देश सार्वजनि गर्दै उनले ‘नयाँ बर्षले नयाँ आशा, उमंग र उत्साह ल्याओस्, अनि नेपालीको सुनौलो भविश्यको सुनिश्चिता होस्’ भनी शुभकामना व्यक्त गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले नेपाली–नेपालीबीच द्वन्द नहोस्, परस्पर अविश्वास र हिंसाको दुःखद मनोस्थिति नबनोस् भन्ने कामनासमेत गरेका छन् । उनले देशवासीहरु कुनै पनि नाम र निहुँमा धुर्विकृत नबनून् भन्नेतर्फ आफू सदैव सचेत र संवेदनशील रहेको पनि बताएका छन् । नेपालीको एकतामा नै नेपालको भविश्य निहित रहेको भन्दै उनले यही वास्तविकतालाई आत्मबोध गर्नुपर्ने धारणा राखेका छन् ।

साथै, आफ्नो आह्वान कसैको निजी स्वार्थपूर्ति, कुनै खालको सैद्धान्तिकवाद वा विचारको निम्ति नरहेको पनि उनले प्रष्ट पारेका छन् । राष्ट्रको स्वाधीनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको आफ्नो आह्वान गरेको उनले बताएका छन् । उनले नेपाललाई आफ्नै प्रकारको अग्रणी राष्ट्र बनाउन सकिने बताएका छन् । संसार धेरै अगाडि बढिसक्दा पनि नेपाल भने यो ा त्यो वादको चक्रव्यूमा फसिरहेको उनको टिप्पणी छ ।

‘संसार धेरै अघि बढीसक्यो तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान सम्वाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्छ,’– उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP