मंगलबार , बैसाख २, २०८२

नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पूर्वराजा ज्ञानेन्द्र शाहले बढ्ता बोल्न थालेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई दशा लागेको हुनसक्ने बताए । उनले भने,‘राजाले अलि बढ्ता बोल्न थालेका छन् । उनलाई दशा लागेको हो कि, के भएको हो ? त्यो त उनी जान्लान् । अलि बढ्ता बोल्न थालेका छन् ।’

साथै, उनले पूर्वराजालाई डाकाको संज्ञा दिए । नेता बिडारीले डाकाले सानातिना चोरहरुको विरोध गर्नुको अर्थ नहुने बताए । उनले भ्रष्टाचारको बिगबिगी रहेको र यसलाई नियन्त्रण गर्नुपर्छ भन्नेमा सबैको ध्यान जान जरुरी रहेको बताए । उनले राजतन्त्रलाई निकृष्ट, निर्दलीय, निरङ्कुश, अपराधीहरुको व्यवस्थाको संज्ञा दिए ।

‘नेताहरु सुध्रिनुबाहेक अरु उपाय छैन । निकृष्ट, निर्दलीय, निरङ्कुश, अपराधीहरुले सरकार व्यवस्था चलाएर बसेकाहरुले लोकतन्त्रमा भएका केही खराबीको विरोध गर्नुको कुनै तुक हुँदैन । अहिले उनी र म बराबर हो । उनलाई पैसा बढ्ता छ । किनभने शोषण, दमन गरेर कमाएको पैसा उनीसँग बढी छ । उद्योग छ, उनी धनाड्य छन् । तर, अधिकार र व्यक्तिगत स्वतन्त्रताको कुरामा अरु जनता सरह नै छन्,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP