सोमबार , असार १५, २०८३

नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य नागिना यादवले दुर्गा प्रसाईँले अराजकता मच्चाएको भन्दै संसदीय समितिमा आक्रोश व्यक्त गरेकी छन् । आज (शुक्रबार) बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैंठकमा आफ्नो धारणा राख्दै उनले आफू मन्त्री भएको भए त्यस्तो बेला ‘मार्देउ’ भनेर नै आदेश दिने उनले धारणा राखिन् ।

आफ्नो धारणा राख्ने क्रममा आक्रोश व्यक्त गर्दै उनले भनिन्, ‘निधेषित घोषणा गरिएको एरिया पनि जबरजस्ती क्रश गरिएको छ । मैले बोल्न मिल्छ कि मिल्दैन भन्न त म सक्दिनँ । यदि त्यो बेलामा म आफैं मन्त्री भएको भए सुट गर्दैउ भनेर आदेश दिन्थेँ । त्यत्रो सुरक्षाकर्मीलाई पेलेर जाने ? कहाँसम्मको नैतिककता हो ? उसले गर्न खोजेको के हो ? उ सर्वोपरी हो ? जे बोलेपनि भयो, जे गरेपनि भयो ?’

प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको सदस्य यादवले मानवअधिकार विरोधी अभिव्यक्ति दिएको भनेर पनि उनको आलोचना सुरु भएको छ । नेपालको संविधानले मौलिक हकअन्तर्गत सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । जहाँ प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने र कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून नबनाइने कुराको ज्ञारेन्टी गरिएको छ ।

त्यस्तै, मानवअधिकार अयोग ऐन–२०६८ को दफा २ (च) ले मानव अधिकारको परिभाषा गर्दै भनेको छ, ‘व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित संविधान तथा अन्य प्रचलित कानूनद्वारा प्रदान गरिएका अधिकार सम्झनु पर्छ र सो शब्दले नेपाल पक्ष भएको मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा निहित अधिकार समेतलाई जनाउँछ ।’

संसद् सार्वभौम जनताको प्रतिनिधिहरको थलो हो । जहाँ विधायिकाहरुले देश र जनताको सर्वोच्चतम् हितमा कानुन बनाउँछन् । विधायिकाले यसरी बनाउने कानुन देशको संविधानभन्दा माथि भने हुँदैन । संविधान र कानुन बाँझिएको हदसम्म बाँझिएको कानुन सर्वोच्च अदालतले अमान्य वा बदर घोषित गर्न सक्छ । संविधान र कानुनले नै ग्यारेन्टी गरेको व्यक्तिको बाँच्न पाउने हकलाई चुनौति दिनेगरी संसदीय समितिमा अभिव्यक्ति दिनुले सांसद यादवको चौतर्फी आलोचना सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP