बिहिबार , जेठ २३, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शक्तिशाली आयोग बनाएर २०४६ सालदेखि अहिलेसम्म सत्तामा बसेका र पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सम्पत्ति छानविन गरिनुपर्ने बताएका छन् । आज (शुक्रबार) कांग्रेस भोजपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्तामा बसेका सबैको तीनपुस्ते सम्पत्ति छानविन गर्न शक्तिशाली आयोगको आवश्यकता औंल्याएका हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्नसमेत उठाए । आयोगले अनुसन्धान गरेको विषय छापामा ल्याउने गरेको र वर्षौंसम्म ‘तँलाई थुन्दिउ’ भनेर नै बिताउने गरेको उनको टिप्पणी थियो । ‘अब एउटा शक्तिशाली आयोग बनाउँ। शक्तिशाली आयोगलाई ०४६ सालपछि शासनसत्तामा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने अधिकार दिउँ,’– महामन्त्री थापाले भने ।

महामन्त्री थापाले ०४६ पछाडि कांग्रेस, एमाले, माओवादी र नयाँ भनिएका दलहरु पनि सत्तामा पुगिसेको बताए । सत्तामा पुगेका सबैको सम्पत्ति छानविन गर्दा कांग्रेसको जो–जो परेपनि आफूहरुलाई स्वीकार रहेको र त्यसको भारी पार्टीले नबोकेर स्वयं व्यत्तिले बोक्ने महामन्त्री थापाले बताए । ‘कांग्रेसको कति मान्छे पर्छ परोस्। त्यसको भारी किन बोक्ने हामी, जोसुकै परोस्। नेता परोस्,नाता परोस्,’– महामन्त्री थापाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP