बिहिबार , जेठ २३, २०८२

नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुप लागेर बस्न चेतावनी दिएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आज (बिहीबार) काठमाडौंमा आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्वको अपरिहार्यता’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले पूर्वराजा ज्ञानेन्द्रलाई यस्तो चेतावनी दिएका छन् ।

उनले नेपाल र नेपाली जनताको साँच्चै माया लागेको छ भने राजनीतिमा आउनपनि ज्ञानेन्द्रलाई सुझाव दिए । उनले भने,‘तपाईं विद्यार्थी र युवा जमातलाई साक्षी राखेर भन्न चाहन्छु, देशभरिका युवालाई साक्षी राखेर भन्न चाहन्छु कि राजा ज्ञानेन्द्र तिमी चुप लागेर बस । त्यसैमा तिम्रो भलाई र कल्याण छ । मन छ भने राजनीतिमा आउ । भारतमा पनि राजा नै राजा थिए, ती सबै राजा अहिले राजनीतिमा आएका छन् । तिमी पनि राजनीतिमा आए हुन्छ । साँच्चै जनताको सेवा गर्न मन छ भने र जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिउन् न त जनतालाई ।’

उनले शाहलाई सम्पत्ति राष्ट्रियकरण गर्न आँट छ भन्दै प्रश्न सोधे । वीरेन्द्र शाहको परिवारको सम्पत्ति पनि नेपाल ट्रष्टमा ऐन बनाएर ल्याईएको पनि उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP