मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुप लागेर बस्न चेतावनी दिएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आज (बिहीबार) काठमाडौंमा आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्वको अपरिहार्यता’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले पूर्वराजा ज्ञानेन्द्रलाई यस्तो चेतावनी दिएका छन् ।

उनले नेपाल र नेपाली जनताको साँच्चै माया लागेको छ भने राजनीतिमा आउनपनि ज्ञानेन्द्रलाई सुझाव दिए । उनले भने,‘तपाईं विद्यार्थी र युवा जमातलाई साक्षी राखेर भन्न चाहन्छु, देशभरिका युवालाई साक्षी राखेर भन्न चाहन्छु कि राजा ज्ञानेन्द्र तिमी चुप लागेर बस । त्यसैमा तिम्रो भलाई र कल्याण छ । मन छ भने राजनीतिमा आउ । भारतमा पनि राजा नै राजा थिए, ती सबै राजा अहिले राजनीतिमा आएका छन् । तिमी पनि राजनीतिमा आए हुन्छ । साँच्चै जनताको सेवा गर्न मन छ भने र जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिउन् न त जनतालाई ।’

उनले शाहलाई सम्पत्ति राष्ट्रियकरण गर्न आँट छ भन्दै प्रश्न सोधे । वीरेन्द्र शाहको परिवारको सम्पत्ति पनि नेपाल ट्रष्टमा ऐन बनाएर ल्याईएको पनि उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP