आइतबार , भाद्र १४, २०८३

संघीय राजधानी काठमाडौंको तिनकुनेमा चैत्र १५ गते शुक्रबार आयोजित राजावादीहरुको प्रदर्शनमा हिंसा भड्काएको भन्दै प्रहरीको फरार सूचिमा रहेका दुर्गा प्रसाईं पक्राउ परेका छन् । घट्नास्थलबाटै प्रसाईंलाई पक्राउ गर्न नसकेको प्रहरी पछिल्लो दुई सातादेखि आलोचित बनेको थियो ।

राजावादीहरुको प्रदर्शनको लागि निर्मलनिवासको आर्शिवादमा जनकमाण्डर तोकिएका प्रसाईंले सभा सुरु हुनुअघि नै निषेधित क्षेत्र बलपूर्वक तोडेका थिए । उनकै उत्तेजक भाषणको कारण तिनकुनेमा वितण्डा मच्चिएको प्रहरीको निश्कर्ष छ । प्रसाईंले चैत्र १५ गतेयता लगातार भिडिओ पोष्ट गरेर आफू नेपालमै छु भनेर ढाँटेका थिए ।

तर, प्रहरी स्रोतले भने उनी भागेर भारत पुगेको आशंका गरेको थियो । उनलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालित थियो । हिजोमात्रै प्रसाईंले आफू नेपालमै रहेको र मानवअधिकारवादीहरुको संरक्षणमा प्रहरीसामू आत्मसमर्पण गर्न तयार रहेको सन्देश प्रवाह गरेका थिए ।

तर, प्रहरीले उनलाई आज भारतको आसामबाट पक्राउ गरेको उच्च स्रोतको दाबी छ । उनलाई आजै नेपाल ल्याईँदैछ । चैत्र १५ गते नै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पक्राउ परिसकेका छन् । उनीहरुलाई म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP