बिहिबार , जेठ २३, २०८२

संघीय राजधानी काठमाडौंको तिनकुनेमा चैत्र १५ गते शुक्रबार आयोजित राजावादीहरुको प्रदर्शनमा हिंसा भड्काएको भन्दै प्रहरीको फरार सूचिमा रहेका दुर्गा प्रसाईं पक्राउ परेका छन् । घट्नास्थलबाटै प्रसाईंलाई पक्राउ गर्न नसकेको प्रहरी पछिल्लो दुई सातादेखि आलोचित बनेको थियो ।

राजावादीहरुको प्रदर्शनको लागि निर्मलनिवासको आर्शिवादमा जनकमाण्डर तोकिएका प्रसाईंले सभा सुरु हुनुअघि नै निषेधित क्षेत्र बलपूर्वक तोडेका थिए । उनकै उत्तेजक भाषणको कारण तिनकुनेमा वितण्डा मच्चिएको प्रहरीको निश्कर्ष छ । प्रसाईंले चैत्र १५ गतेयता लगातार भिडिओ पोष्ट गरेर आफू नेपालमै छु भनेर ढाँटेका थिए ।

तर, प्रहरी स्रोतले भने उनी भागेर भारत पुगेको आशंका गरेको थियो । उनलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालित थियो । हिजोमात्रै प्रसाईंले आफू नेपालमै रहेको र मानवअधिकारवादीहरुको संरक्षणमा प्रहरीसामू आत्मसमर्पण गर्न तयार रहेको सन्देश प्रवाह गरेका थिए ।

तर, प्रहरीले उनलाई आज भारतको आसामबाट पक्राउ गरेको उच्च स्रोतको दाबी छ । उनलाई आजै नेपाल ल्याईँदैछ । चैत्र १५ गते नै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पक्राउ परिसकेका छन् । उनीहरुलाई म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP