आइतबार , चैत्र ३०, २०८१

राजावादी आन्दोलनका फरार कमान्डर दुर्गा प्रसाईंले प्रदर्शनका क्रममा मृत्यु भएकाका परिवारलाई पाँच पाँच लाख रुपैयाँ राहत दिने आश्वासन दिएका छन्।

बिहीबार भिडिओ सन्देश जारी गर्दै प्रसाईंले चैत १५ गते तीनकुनेको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सबिन महर्जनका परिवारलाई सो रकम दिने बताएका हुन्।

प्रसाईंले भनेका छन्, ‘उहाँहरुको परिवारलाई पढाउनको लागि, उहाँहरुको बच्चाको भविष्यको लागि दुईवटै परिवारलाई पाँच पाँच लाख, १० लाख रुपैयाँ दिने घोषणा पनि गर्छु।’

फागुन १५ गतेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार छन्। उनको यो दोस्रो भिडिओ सन्देश हो।

भिडिओमा उनले आफू भागेको नभई जोगिएको दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP