बिहिबार , जेठ २३, २०८२

गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले ब्यहोर्ने बताएका छन् । आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज (बुधबार) सिभिल अस्पताल पुगेका मन्त्री लेखकले घाइतेहरुको निःशुल्क उपचार गरिने बताएका हुन् ।

मन्त्री लेखकले घाइतेहरुले निःशुल्क उपचार पाएका छ वा छैनन् भनेर अनुगमनका लागि पनि आफू अस्पताल आएको बताए । उपचार गर्दा लागेको खर्चको विल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जानेर उतैबाट भुक्तानी हुने मन्त्री लेखकले बताए ।

साथै, गृहमन्त्री लेखकले घाइतेका परिवारले उपचारमा खर्च गरेको भएपनि अस्पतालले बिल भौचर प्रमाणित गरेर पठाएको अवस्थामा उनीहरुले भुक्तानी पाउने बताए । तीनकुनेमा राजावादी समूहले आह्वान गरेको आमसभा तथा प्रदर्शन कार्यक्रम मुडभेडमा पुग्दा २ जनाको मृत्यु भएको थियो । सो घटनामा प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । घाइते रेविका प्रदर्शनमा सहभागी नभएको सर्वसाधारण हुन् । उनी कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन् । आफ्नो घर फर्किँदै गरेको अवस्थामा प्रहरीले गोली प्रहार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP