शुक्रबार , जेठ २४, २०८२

नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । बारको नयाँ कार्यसमितिका लागि गत शनिबार मतदान भएको थियो । अहिलेसम्म झापा, इलाम, विराटनगर, मोरङ, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, पर्सा, हेटौडा, बागलुङ, सिराहा, सर्लाही, रौतहट, बारा, तनहुँ र स्याङ्जा, जनकपुर, कपिलवस्तु, नवलपरासी, बुटवल, रूपन्देही र पाल्पा, चितवन, दाङ देउखुरी, दाङ तुलसीपुर, जुम्ला, धनगढी, दिपायल, महेन्द्रनगर, डँडेलधुरा, नेपालगञ्ज, काठमाडौंलगातको मत मतगणना भएको छ ।

उक्त मत गणनामा अध्यक्षका प्रतिस्पर्धी बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रल ३ हजार ९ सय ६४ मत पाएका छन् भने व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले १ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् । वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीचको मतान्तर २ हजार २ सय ८७ (दोब्बरभन्दा बढी) रहेको छ ।

त्यस्तै, महासचिवतर्फ प्रतिस्पर्धी बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट र व्यावसायिक कानुन व्यवसायी समूहका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ । बृहत् लोकतान्त्रिक समूहबाट महासचिवका उम्मेदवार केदार प्रसाद कोइरालाले ३ हजार ७ सय ३९ मत पाएका छन् । व्यावसायिक कानुन व्यवसायी समूहबाट महासचिवको उम्मेदवार रहेका यज्ञमणि न्यौपानेले भने १ हजार ५ सय ७१ मत पाएका छन् ।

बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP