सोमबार , असार १५, २०८३

नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । बारको नयाँ कार्यसमितिका लागि गत शनिबार मतदान भएको थियो । अहिलेसम्म झापा, इलाम, विराटनगर, मोरङ, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, पर्सा, हेटौडा, बागलुङ, सिराहा, सर्लाही, रौतहट, बारा, तनहुँ र स्याङ्जा, जनकपुर, कपिलवस्तु, नवलपरासी, बुटवल, रूपन्देही र पाल्पा, चितवन, दाङ देउखुरी, दाङ तुलसीपुर, जुम्ला, धनगढी, दिपायल, महेन्द्रनगर, डँडेलधुरा, नेपालगञ्ज, काठमाडौंलगातको मत मतगणना भएको छ ।

उक्त मत गणनामा अध्यक्षका प्रतिस्पर्धी बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रल ३ हजार ९ सय ६४ मत पाएका छन् भने व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले १ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् । वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीचको मतान्तर २ हजार २ सय ८७ (दोब्बरभन्दा बढी) रहेको छ ।

त्यस्तै, महासचिवतर्फ प्रतिस्पर्धी बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट र व्यावसायिक कानुन व्यवसायी समूहका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ । बृहत् लोकतान्त्रिक समूहबाट महासचिवका उम्मेदवार केदार प्रसाद कोइरालाले ३ हजार ७ सय ३९ मत पाएका छन् । व्यावसायिक कानुन व्यवसायी समूहबाट महासचिवको उम्मेदवार रहेका यज्ञमणि न्यौपानेले भने १ हजार ५ सय ७१ मत पाएका छन् ।

बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP