आइतबार , भाद्र १४, २०८३

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआनदोलन परिचालन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आफूहरु आगमी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने तयारीमा रहेको बताएका छन् । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले आगामी वैशाख २१ गतेसम्म आन्दोलनमा संलग्नहरुको पक्राउ पुर्जी खारेज नगरे, नवराज सुवेदीलाई नजरबन्दबाट मुक्त नगरे र पक्राउ परेका बन्दीहरुलाई रिहा नगरेको खण्डमा सामूहिक गिरफ्तारी दिने बताउका हुन् ।

‘वैशाख २१ गतेसम्म पनि अहिलेको सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजकज्यूको नजरबन्द खुलाएन भने हाम्रो बन्दी बनाइएका साथीहरुलाई मुक्त गरेन भने २२ गते हामीहरुले तीनकुनेमा सहादत प्राप्त गर्नुभएको वीर सहिदहरुको रगतले लुट्पुटिएको माटोको टीका लगाएर सामूहिक गरिफ्तारी दिने हो । सबैभन्दा पहिला मै हिँड्छ् । म ७८ वर्षको बुढो, सुगरको रोगी, त्यो माटोको टीका लगाएर सबैभन्दा पहिला मै हिँड्छु,’– उनले भने ।

उनले आफूहरु आन्दोलनमा ज्यानको माया मारेर अगाडि बढ्ने पनि बताए । डा.गुरुङले अबको आन्दोलन आफूहरुको तर्फबाट (भद्र अवज्ञा) शान्तिपूर्ण हुने बताए । ‘भद्र अवज्ञा आन्दोलन गरेर हामी अगाडि बढ्नुपर्छ । तिनीहरु भन्दा हामी विशिष्ट हुनुपर्छ । २१ गते हाम्रो घोषणा हुन्छ । २२ गते हामी सामूहिक गिरफ्तारी दिने हो,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP