शुक्रबार , जेठ २४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ‘मजबुद सरकार’ रहेको बताएका छन् । आज (मंगलबार) सिराहामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार ढल्छ भनेर हल्ला गर्नेहरु नै थाकिसकेको बताए । यो सरकार आगामी ०८४ को चुनावसम्म टसमस नहुने उनको दाबी छ । सरकारले संविधानको रक्षा गर्दै जनतालाई सुशासन र समृद्धि दिने उनले बताए । ‘सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके । यो मजबुद सरकार हो,’– प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अब १५ महिना आफूले सरकारको नेतृत्व गर्ने र त्यसपछि पूर्वसहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि बताए । ‘यो सरकार चुनावसम्म टसमस हुँदैन । अबको १५ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु,’– उनले भने ।

साथै, एमालेलाई कसैले हल्लाउन नसक्ने पनि उनले बताए । पार्टीप्रति जनताको उत्साह रहेकोबाट एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा पुष्टि हुने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बताए ।

फरक प्रसंगमा उनले राजतन्त्र फर्काउने कसैको सपना पूरा नहुने बताए । चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्रपक्षधरको वास्तविकता देखिसकिएको उनको भनाइ छ । उनले भने, ‘तपाईँहरु ढुक्क हुनुस्– राजतन्त्र कुनै हालतमा फर्कँदैन । एमाले र कांग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP