मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ‘मजबुद सरकार’ रहेको बताएका छन् । आज (मंगलबार) सिराहामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार ढल्छ भनेर हल्ला गर्नेहरु नै थाकिसकेको बताए । यो सरकार आगामी ०८४ को चुनावसम्म टसमस नहुने उनको दाबी छ । सरकारले संविधानको रक्षा गर्दै जनतालाई सुशासन र समृद्धि दिने उनले बताए । ‘सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके । यो मजबुद सरकार हो,’– प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अब १५ महिना आफूले सरकारको नेतृत्व गर्ने र त्यसपछि पूर्वसहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि बताए । ‘यो सरकार चुनावसम्म टसमस हुँदैन । अबको १५ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु,’– उनले भने ।

साथै, एमालेलाई कसैले हल्लाउन नसक्ने पनि उनले बताए । पार्टीप्रति जनताको उत्साह रहेकोबाट एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा पुष्टि हुने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बताए ।

फरक प्रसंगमा उनले राजतन्त्र फर्काउने कसैको सपना पूरा नहुने बताए । चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्रपक्षधरको वास्तविकता देखिसकिएको उनको भनाइ छ । उनले भने, ‘तपाईँहरु ढुक्क हुनुस्– राजतन्त्र कुनै हालतमा फर्कँदैन । एमाले र कांग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP