शुक्रबार , जेठ २४, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले भनेको नमानेको बताएका छन् । आज तनहुँमा ‘तरुण यात्रा’ पुस्तक विमोचन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरुले जे काममा हात हाल्न हुँदैन भन्यो, प्रधानमन्त्रीले त्यही काम गरिरहेको बताएका हुन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोतर्फ लक्षित गर्दै उनले भने, ‘हामीले कोठामा भन्यो, बाहिर भन्यौं, भित्र भन्यौं, सम्झाएर भन्यौं– नचाहिने ठाउँमा हात नहाल्नुस् है भनेर । कतिपय ठाउँमा कर्मचारी ल्याउने, बदल्ने सरकारको अधिकार छ । तर, नचाहिने ठाउँमा हात नहालनुस् । बेकारमा आगोमा हात हालेपछि पोल्छ । नचाहिने ठाउँमा हात हालेर सडकमा मान्छे निस्किएका छन् ।’

साथै, शिक्षकहरुको माग सम्बोधन गर्न आफूहरुले सरकारलाई चार÷पाँच महिनादेखि उपसमिति बनाएर काम गरौं भन्दा नटेरेको पनि उनले सुनाए । अहिले शिक्षकहरुको सरकारसँग विश्वासको सङ्कट सिर्जना भइरहेको उनले बताए । अब दल र सरकारले शिक्षकहरुको मागप्रति समर्थन छ भनेर विज्ञप्ति जारी गरेर मात्रै नहुने उनले बताए । सबैलाई एक ठाउँमा ल्याएर चाँडोभन्दा चाँडो कानुन निर्माण गरिनुपर्ने उनले बताए ।

सरकारले ठीक ढंगले काम गर्न नसकेको उनले बताए । सरकारले ठीक ढंगले काम गर्न नसकेकै कारण अहिले काठमाडौंमा दैनिक तीन÷चार वटा आन्दोलन भइरहेको महामन्त्री थापाको आरोप छ । ‘अहिले काठमाडौंको सडकमा दुईटा÷तीनवटा आन्दोलन चलिरहेको छ । सरकारले ठीक ढंगले काम गरेको भए एउटा पनि आन्दोलन हुँदैन थियो,’– महामन्त्री थापाले भने ।

उनले सरकारको बारेमा खुलेर नै छलफल गर्नुपर्ने बेला भएको पनि बताए । ‘हामी सरकारमा छौं । हाम्रो जिम्मेवारी पनि छ । सरकारको बारेमा पनि हामीले अब अलिकति खुलेर छलफल गर्नुपर्ने बेला आएको छ । सरकारको गति ठीक छैन । जुन तरिकाले कामहरु गर्नुपर्ने हो, जसरी सरकारका कामहरुबाट नागरिकलाई भरोसा सिजर्ना गर्नुपर्ने हो, हुन सकिरहेको छैन,’– महामन्त्री थापाले भने ।

महामन्त्री थापाले लघुवित्त, सहकारीबाट पीडित भएका मानिसहरु अहिले काठमाडौंको सडकमा ‘मेरो बचत चाहियो’ भनेर आन्दोलन गरिरहेको बताए । उनीहरुको बचत कसरी फिर्ता गराउने भन्ने सन्दर्भमा संसद्बाट कानुन बनाएर धेरै उपायहरु सुझाइसक्दा पनि सरकारले समाधान नगरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP