सोमबार , चैत्र २४, २०८१

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपालको संघीयता उल्टो बाटोमा हिडिरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) दाङको तुलसीपुरमा नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उल्टो बाटोमा हिडिरहेको संघीयतालाई फर्काएर सुल्टो बाटोमा हिडाउनु पर्ने बेला भएको बताएका हुन् ।

महामन्त्री गगन थापाले २०८४ सालको निर्वाचनभन्दा पहिले नै पार्टीको अधिवेशन हुने बताए । कहीँ कसैको दिमागमा २०८४ को निर्वाचन अघि पार्टीको अधिवेशन हुँदैन भन्ने लागेको भए निकालेर तत्काल फाल्नसमेत उनले आग्रह गरे । क्रियाशील सदस्यताको विषय टुँङग्याएपछि २०८२ सालमै अधिवेशनको प्रक्रिया प्रारम्भ गर्न सकिने उनले बताए ।

महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो देशमा सबै ठिकठाक नभएको बताए । उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले जनताले चाहे जसरी सेवा प्रवाह गर्न नसकेको बताए । सेवा प्रवाह गर्न नसकेकै कारण नागरिकमा आक्रोश बढिरहेको उनको भनाइ छ । नागरिकहरु रिसाएको बेलामा खुरुखुरु काम गर्नु बुद्धिमानी हुने उनले बताए ।

कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, दीपक गिरी, योगेन्द्र चौधरी, गहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP