मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरू विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन्।

आइतबार काठमाडौँमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले नेतृत्व तह नै विचौलियासँग मिल्दा देश विकासमा समस्या आइरहेको बताएका हुन्।

‘आज हेर्नुस् केही दिन पहिला नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभूवन युनिभर्सिटीमा भिसीले रिजाइन गर्नुभयो। किनभने मलाई धेरै प्रेसर पर्‍यो मैले सकिनँ भनेर भन्नुभयो। हामी सक्छौँ तर पटक पटक म एउटै शब्द प्रयोग गर्दैछु- विचौलियाहरू,’ उनले भने, ‘हाम्रा नेतृत्वहरू विचौलियाहरूको खेलमा इन्भल्ब हुनुहुन्छ। त्यो कारणले यो समस्या आइरहेको छ। नेपाललाई विकास गर्ने हो भने, नेपाललाई समृद्ध बनाउने हो भने तीन, चार वटा कुरामा हामीले ध्यान दिनुपर्छ। त्यसो गर्नसके नेपाललाई समृद्ध बनाउन सकिन्छ।’

उनले संविधान संशोधनलाई मुद्दा बनाएर कांग्रेस-एमालेसहितको गठबन्धन बनेको भन्दै ९ महिनासम्म काम नभएकोमा असन्तुष्ट व्यक्त गरे।

‘संविधानमा सुधार गर्ने भनेका छौँ। संविधान पुनर्लेखन त भनेका छैनौँ। त्यसलाई हेरिदिने केके परिवर्तन गर्न सकिन्छ त्यतातिर जाने भनिएको थियो। आज ९ महिना बितिसक्यो हामीले त्यतातिर ध्यान दिन सकेका छैनौँ,’ उनले भने, ‘के—केमा संशोधन गर्ने हो त्यो हामी हेरौँ, गरौँ गर्नैपर्छ। किनभने यो त प्रधानमन्त्रीजीले रोष्ट्रममा उभिएर बोलेको कुरा हो। यो मैले त्यसै भनेको कुरा होइन। नेपाली कांग्रेस र एमालेको सहमतिको डकुमेण्ट हो यो। दोस्रो कुरा आर्थिक अवस्था एकदम नाजुक छ देशको। त्यसलाई सुधार गर्दै अघि लैजाने। सुधार गर्ने प्रक्रियाहरू अघि बढे भनेर अध्यादेशमार्फत ऐन पनि आयो। हुन्छ कि भन्ने आशा छ। कत्तिको हुन्छ हेरौँ। कि त्यहाँ पनि फेरि विचौलियाहरूकै खेल छ कि?’

उनले अहिले राष्ट्र बैंकको गभर्नर बनाउन विचौलियाहरू सक्रिय भएको सुनिरहेको बताए।

‘अहिले हामी सबैले सुन्दैछौँ एउटा कुरा- हुँदा हुँदा राष्ट्र बैंकको गभर्नर बनाउन पनि विचौलियाहरू चलखेल गर्दैछन्। त्यो हो भने म त वार्न गर्दछु सरकारलाई,’ उनले भने, ‘यस्तो भए सरकारको लागि त दुर्भाग्य हुन्छ नै। नेपालको लागि नै दुर्भाग्य हुन्छ। यो अत्यन्त गम्भीर विषय हो। देशको अर्थतन्त्रसँग यसरी खेल्ने, मजाक गर्ने अधिकार उहाँहरू कसैलाई पनि छैन। त्यसपछि उहाँहरूले के भन्नुभयो भने हामी सुशासन दिन्छौँ, भ्रष्टाचार न्यूनीकरण गर्छौं भन्नुभयो। सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन। औचित्य हामीले सावित गर्न सकिरहेका छैनौँ। उपायहरू छ त्यसको लागि राजनीतिक इच्छाशक्ति नेताहरूमा, नेतृत्वमा हुनुपर्छ। राजनीतिक इच्छाशक्ति भयो भने गर्न सकिन्छ, हामी सक्छौँ। के नेपाललाई बनाउन सकिँदैन? नेपाललाई बनाउन सकिन्छ। अहिले युवाहरू पलायन भइरहेका छन्।’
@filephoto

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP