आइतबार , भाद्र १४, २०८३

काठमाडौँ महानगरमा आज जबर्जस्ती हाजिर गरेर फर्किएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बालेन्द्र शाह (बालेन)सँग मिलेर काम गर्न आफू तयार रहेको बताएका छन्।

उनले एउटा विषयलाई लिएर दुईजनाबीच विवादको अवस्था सिर्जना भए पनि काठमाडौँ महानगरको नगरपिता बालेन्द्र शाह नै भएको बताएका हुन्।

‘मेयरसापसँग झगडा गरेर बस्न सकिँदैन नगरपिता हुन्,’ उनले नेपालखबरसँग भने, ‘मैले मान्नुपर्छ, सबैले मान्नुपर्छ। मैले कानुनबमोजिमका कुराहरू उहाँले भनेको मान्नुपर्छ। मेरो दृष्टिले महानगरमा त बालेन्द्र शाह नै हो नि।’

गुरागाईंलाई प्रमुख बालेनको निर्देशनमा महानगर प्रहरीबलका प्रमुख राजु पाण्डेको नेतृत्वले कार्यकक्षमा प्रवेश गर्न अवरोध गरेको थियो। त्यसपछि उपप्रमुख सुनिता डंगोलले अवरोध गर्न नमिल्ने भन्दै पछि हट्न पाण्डेलाई निर्देशन दिएकी थिइन्। अवरोध जारी रहेपछि गुरागाईं ढोका फुटाएर कार्यकक्षमा प्रवेश गरेका थिए।

उनले आज जबर्जस्ती कार्यालय प्रवेश गरे पनि भोलिबाट नियमित सहजै जाने वातावरणको पर्खाइमा रहेको सुनाए। उनले कर्मचारीको तलबभत्ता रोकिँदा धेरै समस्या भएको बताए।

‘भोलिबाट कार्यालय सहज वातावरणमा रेगुलर जाने कोशिस गर्ने हो। तलब भत्ता चाहिँ अघि बढाउने होकि भन्ने छ,’ उनले भने, ‘काम सबै रोकिएको छ। कर्मचारीहरूको पनि तलबभत्ता रोकिँदा ठूलो समस्या आएको छ।’

उनले आफूले प्रयोग गर्दै आएको गाडीमा महानगरप्रहरीले ह्वील लक लगाइदिएपछि अरुको सहयोगमा मन्त्रालय पुगेर घटनाबारे जानकारी गराएको बताए। मन्त्रालयमा महानगरमा भएको गतिविधिबारे ब्रिफिङ गरेर फर्किँदा भने सरकारी गाडीमै फर्किएको उनको भनाइ छ।

उनले सरुवाबारे मन्त्रालयले नै व्यवस्थापन गर्ने पनि प्रतिक्रिया दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP