आइतबार , भाद्र १४, २०८३

काठमाडौंं महानगरपालिका प्रमुख बालेन्द्र शाहले फोहोर नगरी र केही नभत्काई आन्दोलन गरेको भन्दै शिक्षकहरुलाई धन्यवाद दिएका छन् । शिक्षा ऐन जारी गर्न संघीय सरकारलाई दवाब दिने भन्दै आजबाट शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् । आजको प्रदर्शनमा उनीहरुले सभ्य तरिकाले प्रदर्शन गरेको भन्दै बालेनले धन्दवाद दिएका हुन् । उनले आफ्ना विद्यार्थीहरुलाई पनि त्यस्तै सभ्य विरोधको शैली सिकाउन आग्रह गरेका छन् ।

शिक्षकहरुलाई धन्यवाद दिँदै बालेनले भनेका छन्, प्रिय शिक्षकहरू । तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केहि नभत्काई गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला । हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा । कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP