शनिबार , जेठ २५, २०८२

काठमाडौंं महानगरपालिका प्रमुख बालेन्द्र शाहले फोहोर नगरी र केही नभत्काई आन्दोलन गरेको भन्दै शिक्षकहरुलाई धन्यवाद दिएका छन् । शिक्षा ऐन जारी गर्न संघीय सरकारलाई दवाब दिने भन्दै आजबाट शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् । आजको प्रदर्शनमा उनीहरुले सभ्य तरिकाले प्रदर्शन गरेको भन्दै बालेनले धन्दवाद दिएका हुन् । उनले आफ्ना विद्यार्थीहरुलाई पनि त्यस्तै सभ्य विरोधको शैली सिकाउन आग्रह गरेका छन् ।

शिक्षकहरुलाई धन्यवाद दिँदै बालेनले भनेका छन्, प्रिय शिक्षकहरू । तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केहि नभत्काई गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला । हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा । कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने


TOP