शनिबार , जेठ १८, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो ।

प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक रहेका छन् । यी विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ १७, २०८२ शुक्रबार 131 Views

किन्ने होइन त अस्ट्रेलियामा घर ?

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP