मंगलबार , असार ३, २०८२

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तीनकुनेको हिंसात्मक घटनाको सुप्रिम कमाण्डर पूर्वराजा ज्ञानेन्द्र शाह आफैं रहेको बताएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका दुर्गा प्रसाईलाई पूर्वराजाले एकदिनको लागिमात्रै जनकमाण्डर बनाएको उनको भनाइ थियो । सो आन्दोलनको सुप्रिम कमाण्डर भने ज्ञानेन्द्र नै रहेको उनको दाबी छ ।

साथै, उनले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना पत्र काट्ने साहस गरेको भन्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई धन्यवाद दिए । आज (सोमबार) पार्टीनिकट नेपाल खेलकुद महासंघ समाजवादीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजालाई बालेनले ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर हिम्मत देखाएको बताए ।

‘मेयर बालेनलाई धेरै धेरै धन्यवाद छ, तपाईँले हिम्मत देखाउनुभएको छ । ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर पठाउनुभएछ । बरु तपाईँले अर्को चिठ्ठी पठाउनुपर्थ्यो–प्रशंसा पत्र समाजवादी मोर्चा नेपाल भनेर,’– उनले भने ।

समाजवादी मोर्चाले गरेको कार्यक्रमले नेपालको राजनीतिमा नयाँ सन्देश दिएको उनको दाबी छ । आफूहरुले स्वयम सेवकहरुलाई कार्यक्रम स्थलमा कार्यक्रमपछि ‘फोहोर नरहोस्, सानो कागजको टुक्रा, पानी खाएको बोतल पनि नरहोस्’ भनेर निर्देशन दिएको र सोहीबमोजिम काम भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP