शनिबार , भाद्र १३, २०८३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तीनकुनेको हिंसात्मक घटनाको सुप्रिम कमाण्डर पूर्वराजा ज्ञानेन्द्र शाह आफैं रहेको बताएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका दुर्गा प्रसाईलाई पूर्वराजाले एकदिनको लागिमात्रै जनकमाण्डर बनाएको उनको भनाइ थियो । सो आन्दोलनको सुप्रिम कमाण्डर भने ज्ञानेन्द्र नै रहेको उनको दाबी छ ।

साथै, उनले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना पत्र काट्ने साहस गरेको भन्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई धन्यवाद दिए । आज (सोमबार) पार्टीनिकट नेपाल खेलकुद महासंघ समाजवादीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजालाई बालेनले ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर हिम्मत देखाएको बताए ।

‘मेयर बालेनलाई धेरै धेरै धन्यवाद छ, तपाईँले हिम्मत देखाउनुभएको छ । ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर पठाउनुभएछ । बरु तपाईँले अर्को चिठ्ठी पठाउनुपर्थ्यो–प्रशंसा पत्र समाजवादी मोर्चा नेपाल भनेर,’– उनले भने ।

समाजवादी मोर्चाले गरेको कार्यक्रमले नेपालको राजनीतिमा नयाँ सन्देश दिएको उनको दाबी छ । आफूहरुले स्वयम सेवकहरुलाई कार्यक्रम स्थलमा कार्यक्रमपछि ‘फोहोर नरहोस्, सानो कागजको टुक्रा, पानी खाएको बोतल पनि नरहोस्’ भनेर निर्देशन दिएको र सोहीबमोजिम काम भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP