आइतबार , भाद्र १४, २०८३

प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले आज पनि अवरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेको हिंसात्मक घटना पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता रहेको र उनलाई आवश्यक छानविन गरिने बताएपछि राप्रपा सांसदहरुले होहल्ला गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्रले गत फागुन ७ गते ‘आफू अगाडि बढ्ने, साथ देउ’ भन्दै अगाडि बढेको बताए ।

‘फागुन २५ गते कथित स्वागत सवारी आयोजना गरियो । त्यसपछि समाज बिथोल्न लागिपरेका एक जना अवान्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमाण्डर तोक्नु भयो र हिंसात्मक वारदातको लागि खटाउनु भयो । प्रारम्भिक अध्ययनमा सबै घटनाले स्पष्ट पार्छ । पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको ऐतिहासिक सम्झौताको उल्लङ्घन गर्नुभएको छ । त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकारको प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने, उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्ने सहमति भएको थियो,’– प्रधानमन्त्री अ‍ोलीले भने ।

प्रधानमन्त्री ओलीले यति भनिरहँदा राप्रपाका सांसदहरुले विरोध जनाइरहेका थिए । राप्रपाका प्रवक्तासमेत रहेका ज्ञानबहादुर शाहीले नियमावलीको उल्लङ्घन भएको दाबी गर्दै विरोध जनाइरहेका थिए । राप्रपाले निरन्तर विरोध जनाइरहँदा पनि बोलिरहेका प्रधानमन्त्री ओलीले जवाफ फर्काए, ‘नियमावलीको होईन, यहाँ संविधान उल्लङ्घन गर्ने, व्यवस्था मास्ने कुरासित म प्रश्न उठाइरहेको छु । यस देशमा सबैले संविधान मान्नुपर्छ, व्यवस्था मान्नुपर्छ । होहल्ला गरेको भरमा राजनीति र संसद् अवरोध गर्ने काम गर्न मिल्दैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP