शनिबार , जेठ २५, २०८२

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा जोडिएका व्यक्तिहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न ११ जनालाई पाँच दिनको म्याद थप गरेको हो ।

अदालतले आपराधिक उपद्रवसम्बन्धी कसुरमा अन्य ३० जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । गत शुक्रबार राजवादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । उक्त आन्दोलनमा प्रदर्शनकारीहरुले व्यक्तिका घर, व्यवसायिक भवन, सरकारी भवनलगायतमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP