मंगलबार , असार ३, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्ना दुई नेताहरु उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवलशमशेर जबरालाई सरकारले २४ घण्टाभित्र रिहा नगरे देशभरी विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ । हिजो (शुक्रबार) काठमाडौंको. तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा रवीन्द्र र धवलशमशेर सहभागी थिए । उनीहरुलाई प्रहरीले हिजो बेलुका नै नियन्त्रणमा लिएको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

साथै, तीनकुनेकमा सरकारकै कारण हिंसात्मक घटना भएको राप्रपाको ठहर छ । उक्त घटनामा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारीहरुले व्यक्तिका निजी घर, सार्वजनिक सम्पत्ति र व्यवसायिक स्थलहरुमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP