आइतबार , भाद्र १४, २०८३

राजावादी समूहका आन्दोलनकर्ता एवं ‘रोयल टास्क फोर्स कमान्डर’ मुनिन्द्र राजभण्डारी पक्राउ परेका छन् । प्रहरीले आज (शनिबार) उनलाई बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । हिजो (शुक्रबार) तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा उनको संलग्नता रहेकाले उनलाई पक्राउ गरिएको बताइएको छ । राजभण्डारी नेपाली सेनाका अवकाशप्राप्त सहसेनानी हुन् ।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । त्यसैगरी आन्दोलनका क्रममा नेपाल प्रहरीतर्फ ५३, सशस्त्र प्रहरीतर्फ २२ र ३५ जना प्रदर्शनकारी घाइते भएका थिए । प्रदर्शनकारीहरुले ठूलो मात्रामा तोडफोड, आगजनी र लुटपाट मच्चाएका थिए ।

सो प्रदर्शनका मुख्य ‘जनकमाण्डर’ तोकिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भने अझैं फरार छन् । प्रहरीले उनलाई हिजोदेखि नै खोजी गरिरहेको भएपनि अझै पक्राउ परेका छैनन् । प्रहरीको सुरक्षा घेरा तोडेर भागेका प्रसाईँ कहाँ लुकेका छन् भन्ने कुरामा सुरक्षा संयन्त्र अझै बेखबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP