शनिबार , भाद्र १३, २०८३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार आफ्नो काममा असक्षम देखिएको आरोप लगाएका छन् । राजावादीहरुको प्रदर्शनले उग्रता लिएपछि तिनकुने तनावग्रस्त भएको थियो । आज (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन्।

यहीसन्दर्भमा पूर्वप्रधानमन्त्री नेपालले अहिलेको सरकार नियम, कानून र विधिको भन्दापनि विचौलियाको स्वार्थ पूरा गर्ने खेलमा लागेको गम्भीर आरोप लगाए । उनले तीन चार महिनामात्रै कार्यकालको समायावधि बाँकी रहेका कुलमान घिसिङलाई निकालेको बारेमा पनि आलोचना गरे । मनपरी गर्नको लागि सरकार नहुने उनको भनाई छ ।

उनले नेपालमा अब राजसंस्था फर्कने कुनै सम्भावना नभएको जिकिर गरे । उनले ओली नेतृत्वको वर्तमान सरकार सबै मोर्चामा असफल देखिएको आरोप लगाए । उनले आफूहरु सरकार चाहेरपनि ढाल्नसक्ने ठाउँमा नभएको स्पष्ट पारे । उनले आफूहरु ओली सरकारको तमाशा हेरेर बस्न नसक्ने चेतावनी दिए ।

उनले प्रधानमन्त्री ओलीमा अहंकार र बदलाको भावना रहेको आरोप लगाए । उनले सरकारको कामको कारण जनताले विरोध र आलोचना गरिरहेको टिप्पणी गरे । उनले यो सरकार अहंकारले नै अन्त्य हुने जिकिर गरे ।

उनले आफूले प्रधानमन्त्री ओलीसँग भेट नगरेको सुनाए । उनले प्रधानमन्त्री ओलीलाई त आफ्नो पार्टीको नाम सुन्दैमा ज्वरो आउने गरेको टिप्पणी गरे । उनले गणतन्त्रवादीहरु एक हुनको लागि आफूहरु सकारात्मक रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP