आइतबार , भाद्र १४, २०८३

ऊर्जामन्त्री दिपक खड्काले आफूहरुले नेपाल विद्युत प्राधिकरणमा सबैभन्दा योग्य व्यक्ति नेतृत्वमा ल्याएको दाबी गरेका छन् । उनले अहिले कार्यकारी निर्देशक बनाईएका हितेन्द्र देव शाक्य कुलमान घिसिङभन्दा योग्य व्यक्ति रहेको दाबी गरे । संसद् भवन परिसरमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।

विपक्षीहरुको अवरोधको कारण हिजोदेखि प्रतिनिधिसभा बैठक बस्न सकेको छैन । विपक्षी दलहरुले कुलमान हटाईएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सदनमा जवाफ मागेका छन् । तर, सरकार प्रधानमन्त्री ओलीभन्दापनि उर्जामन्त्री दीपक खड्कामार्फत सदनमा जानकारी गराउने तयारीमा छ । आजपनि मन्त्री खड्का जवाफ दिने तयारीका साथ संसद् भवन पुगेका थिए । तर, आजको बैठक पनि बस्दै नबसी स्थगन् भएको छ ।

उनले कुलमान हटाएर हितेन्द्रदेवलाई जिम्मेवारी दिने सरकारको निर्णयमा जनआक्रोश नमिसिएको पनि दाबी गरे । उनले भने,‘असन्तुष्टि चुलिएको जस्तो त मलाई लाग्दैन। उहाँभन्दा योग्य मान्छे राखेका छौं। जे भएपनि न्याय भएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP