मंगलबार , असार ३, २०८२

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु गणतन्त्रको निम्ति जोडबल गरिराखेको टिप्पणी गरेका छन् । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री ओलीको विगत र वर्तमानको गतिविधिले उनी हिन्दु गणतन्त्रको पक्षमा रहेको पुष्टि गर्ने बताएका हुन् । प्रधानमन्त्री ओली, उनको दल एमाले र नेपाली कांग्रेसको पछिल्ला गतिविधिले राजतन्त्रवादीको अराजकतामा मलजल गरिरहेको नेता किरातीको दाबी छ । प्रधानमन्त्री ओलीले अझ सडकमा अराजकता बढोस् भन्ने चाहना राखेको पनि उनको आशंका छ ।

‘उहाँ (ओली) हिन्दु गणतन्त्रको पक्षमा जानको निम्ति बल गरिराख्नु भएको छ । उहाँले गणतन्त्रको लागि नेपालमा आन्दोलन चलिरहँदा नेपालमा सम्भव छैन भनेको र पछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपीवद्ध गर्दा पनि हावाहुरीको कारणले गरेको हो । यो हुनेवाला थिएन भनेर उहाँले भन्नुभएको थियो । हिजोको पृष्ठभूमि र आजको गतिविधिलाई जोड्दाखेरी त्यही कुरा प्रमाणित हुन्छ । राजतन्त्रवादीहरु नविन सम्झौता गरौं भनिराखेका छन् । नेपाली कांग्रेसको तर्फबाट संविधानको संशोधनको नाममा गरिएको नौटंकी अर्थात् प्रतिवेदनमा हिन्दु गणतन्त्र भनेर लेखिएको छ,’– नेता किरातीले भने ।

साथै, समाजवादी मोर्चाको भोलिको खबरदारी सभा प्रतिगमन, भ्रष्टाचार र बेथितिको विरुद्धमा रहेको उनले बताए । उक्त आन्दोलन शान्तिपूर्ण हुने पनि उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP