शनिबार , भाद्र १३, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयलाई बदनियतपूर्वक बर्खास्ती भएको भनेको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आज एक विज्ञप्ती निकाल्दै घिसिङमाथिको कारबाही विचौलियाहरुको संरक्षणको श्रृंखलाअन्तर्गत नै भएको निश्कर्ष निकालेको छ ।

रास्वपाले आज नेपाली जनतामा व्याप्त रोष र नैराश्यताका कारण प्रमुख दलहरु र तिनका कहिल्यै नफेरिने पात्रहरुको संलग्नतामा सञ्चालन हुँदै आएको चरम कुशासनको अविछिन्नता नै भएको निश्कर्ष निकालेको छ । रास्वपाले दुई तिहाई समर्थनप्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र प्रतिशोधकेन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP