बुधबार , बैसाख ३, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख ७ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन घोषणा गरेको छ । आज (मंगलबार) बसेको राप्रपाको आन्दोलन परिचालन मूल समितिको बैठकले आगामी चैत २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र त्यसपछि २०८२ वैशाख ७ गतेदेखि निरन्तर आन्दोलनमा होमिने निर्णय गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आफूहरु निरन्तर आन्दोलनमा होमिएको उद्घोष गरे । ‘आजको मूल निष्कर्ष के हो भने आजबाट राप्रपा पूर्ण रुपले आन्दोलनमा होमियो,’– उनले भने ।

साथै, राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा हुने हुने सबै शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने निर्णय गरेको छ । ‘बैठकले मुख्यतः तीनवटा कुराहरु गरेको छ । राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा र संघीयता खारेजीको लागि ज–जसले आन्दोलन गरेपनि राप्रपाले, त्यो शान्तिपूर्ण र अहिंसात्मक हुनुपर्यो, त्यसमा समर्थन गर्ने । अरुसँग सहकार्य गर्नुपर्यो भने सहकार्यको ढोका पनि खुला राख्ने, सँगसँगै आफ्ना कार्यक्रमहरु पनि अगाडि बढाएर जाने,’– अध्यक्ष लिङ्देनले भने ।
Filephoto

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP