शनिबार , भाद्र १३, २०८३

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले छिमेकी मुलुक भारतले विजुली नदिने हो भने अहिले पनि लोडसेडिङ व्यहोर्नुपर्ने आवस्था रहेको बताएका छन् । आज (आइतबार) प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको संविधान जारी हुनेबेलासम्म नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको उनले सुनाए ।

एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री भएपछि देशमा लोडसेडिङको समस्या समाधान गर्नेतर्फ लागेको उनले बताए । नेता पोखरेलले अहिले ३ हजार मेगावाट भन्दा बढी विजुली उत्पादन भइहेको पनि बताए ।

‘आज हरेको घर–घरमा विजुली पुगेको छ, उज्यालो नेपाल बनाएका छौं । म तपाईँहरुलाई भन्छु– केपी ओली प्रधानमन्त्री हुने समयमा भएको समयमा १८÷१८ घण्टा लोडसेडिङ हुन्थ्यो । जतिबेला हामीले संविधान जारी गरेका थियौं, त्यतिबेला मुलुकको हालत के थियो, १८ घण्टा लोडसेडिङ हुन्थ्यो । आज हामी विजुली निर्यात गर्ने ठाउँमा पुगेका छौं । त्यतिबेला विजुली कति उत्पादन हुने गरेको रहेछ र अहिले कति हुन्छ भन्ने कुरा गर्ने हो भने आज ३ हजार मेगावाट भन्दा बढी विजुली उत्पादन हुन्छ । तर पनि अफ सिजनमा अहिले पनि विजुली पुगेको छैन । भारतले दिएन भने लोडसेडिङ ब्यहोर्नुपर्ने अवस्था अहिले पनि छदै छ,’– उनले भने ।

साथै, उनले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित गर्दैै जन्मको आधारमा शासन गर्ने कुरा आजको आधुनिक युगमा स्विकार्य नरहेको बताए । ‘जन्मको आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा किमार्थ स्विकार्य होइन,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP