आइतबार , चैत्र २३, २०८१

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता तय भएको छ । नेतात्रयबीच भोलि (सोमबार) दिउँसोका लागि भेटवार्ता तय भएको हो । जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानअन्तर्गत केही समयदेखि भ्यालीबाहिर रहेका प्रचण्ड आज काठमाडौं आएका छन् ।

शीर्ष नेताहरुबीचको भेटवार्तामा समसामयिक राजनीति, पछिल्लो समय विकसित भएरहेका प्रतिगामी हर्कत, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

तीन शीर्ष नेताहरुको छलफलमा राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे पनि छलफल हुनसक्ने सम्भावना रहेको छ । राजावादीहरुको पछिल्लो गतिविधिले गणतन्त्रवादी शक्तिहरुलाई एक ठाउँमा आउने माहोल खडा गरिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP