शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचनबाट भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सकिने बताएका छन् । आज (शनिबार) जनतासँग माओवादी तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित जगरण सभालाई सम्बोधन गर्दै उनले एकतावद्ध भएर अगाडि बढ्दा ०८४ मा जनताको असली राज फर्किने बताएका हुन् ।

‘विद्यार्थीहरुको स्ववियु निर्वाचनले २०६४ को झल्का देखिएको बताउँदै प्रचण्डले भने, ‘२०८४ मा सबै एक भएर सबैले मेहनत गर्यौं भने यी भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सिद्दिन्छ । जनताको असली राज आउँछ भन्ने म तपाईँहरुमाझ विश्वास व्यक्त गर्न चाहन्छु । हामी सबै एकचोटी एकतावद्ध भएर अगाडि जाने हो,’– उनले भने ।

साथै, प्रचण्डले अब विभिन्न धारमा विभाजित भएका माओवादीहरु एक हुनुको विकल्प नरहेको बताए । उनले एकताका लागि आफूले गर्नुपर्ने सबै गर्न तयार रहेको पनि सुनाए । उनले भने, ‘माओवादीहरु सबै एक हुन्छन् अब । त्यसमा तपाईँहरु शंका गर्नुपर्दैन । सबै आउनुको कुनै विकल्प नै छैन । मैले त्यसको निम्ति के कति गर्नुपर्ने हो, सबै गर्छु मैले । यो देशमा हामीले अर्को असाधारण रिकर्ड बनाउनुपर्छ ।’

साथै, आफू अभियानका क्रममा रहँदा जनताले आँखाभरी आँसु पार्दै ‘तपाईँमाथि नै भरोसुा छ’ भनिरहेको पनि उनले बताए । उनले बुढाबुढी र युवाहरुले आफूमाथि गरेको भरोसाले उर्जा प्रदान गरेको पनि बताए । ‘तपाईँहरुलाई कहिलेकाहीँ लाग्छ होला, विहानै डौडेर मर्निङवाक गरेको छ । जनताको घर–घरमा पसेर फूल लिएको छ । मानिसहरु बाहिर निस्किएर अब तपाईँमाथि नै भरोसा छ भनेर आँखाभरी आँशु निकाल्छन् । बुढाबुढी, युवा युवतीहरु, बालबच्चाहरु । नेताहरुको लागि यो उर्जा हुँदो रहेछ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP