शनिबार , जेठ २५, २०८२

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अकर्मण्यता, नीतिहीनता र आलस्यतालाई जारी राख्ने हो भोलि पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी पस्दैनन् भन्ने कुनै ग्यारेन्टी नरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अकर्मण्यता, नीतिहीनता र निष्कृयताकै कारण अहिले प्रतिगमनकारीहरु सल्बलाएको बताए । शासकहरु निष्कृय भएर आफ्नो नीति, मूल्य र मान्यता भुलेको खण्डमा राजनीतिमा असम्भव भनिएका कुराहरु नै सम्भव हुने उनको भनाइ छ ।

‘यस्तै अकर्मण्यता, नीतिहीनता र आलस्यतालाई जारी राख्ने हो भने ज्ञानेन्द्र आएर भोलि नारायणहिटीमा बस्दैनन् भन्ने के ग्यारेन्टी छ ? जब मान्छे निष्कृय हुन्छ, जब उसले आफ्ना मूल्य मान्यतालाई भुल्छ । उसका कर्तव्यलाई भुल्छ भने जे पनि सम्भव हुन्छ । यही निष्कृयता र अकर्मण्यताको कारणले देशमा अहिले प्रतिगमनकारीहरु सल्बलाउँदैछन्,’– उनले भने ।

साथै, प्रतिगमनकारीहरुको अहिलेको सल्बलाहटलाई रोक्न र देशलाई आमूल परिवर्तनको दिशातर्फ लान नीतिको आवश्यक पर्ने उनले बताए । नत्र भने कहिलेकाहीँ गंगा नदी उल्टो पनि बग्न सक्ने उनको चेतावनी छ । ‘नत्र भने कहिलेकाहीँ उल्टी गंगा बहन्छ । त्यो उल्टी गंगा वहने खतरा छ अहिले पनि,’– उनले भने ।

साथै, एकीकृत समाजवादीको महाधिवेशन सकिएको १० महिनासम्म पनि दस्तावेजहरु प्रकाशित हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP