आइतबार , जेठ १२, २०८२

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल र नेतृत्वप्रति जनतामा व्यापक वितृष्णा रहेको बताएका छन् । शुक्रबार मोरङ काठमाडौं सम्पर्क समितिले काठमाडौंमा अयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दल र नेतृत्वप्रति जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न सक्नुपर्ने बताएका हुन् । उनले जनतामा रहेको वितृष्णा नहटाइ अगाडि बढ्ने काम भएको खण्डमा फेरि अर्को दुर्घटना हुनसक्ने बताए ।

साथै, नेता कोइरालाले सरकारकै नेतृत्व गरेको नेकपा (एमाले) ले विभिन्न आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको भन्दै आपत्ति जनाए । उनले अहिले आन्दोलनको उपयुक्त समय नरहेको पनि बताए । ‘सरकारको नेतृत्व गर्ने एउटा पार्टीले देशभरी जागरण अभियान सुरु गरेछ । अहिले त्यो उपयुक्त समय हो ? भनेर हामीहरुले प्रश्न गर्नुपर्ने बेला छ,’– नेता कोइरालाले भने । एमालेले आगामी चैत ११ गतेदेखि महिनाभरी नै विभिन्न अभियान र भेलालगातका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

साथै, उनले पार्टीको १५औं महाधिवेशन २०८२ साल मंसिरको मसान्तभित्रै हुनुपर्ने बताए । उनले आफू पक्षीय नेता तथा कार्यकर्ताहरुलाई आफ्नो तर्फबाट दैनिक ‘नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ को मंसिर मसान्तभित्र हुनुपर्छ’ भन्ने सन्देश लेखेर माहोल बनाउनसमेत आग्रह गरे ।

‘अधिवेशन तपाईँहरुलाई चाहिएको छ, हामीजस्तालाई चाहिएको छ । त्यसैले तपाईँहरुले आवाज उठाउन जरुरी छ । सामाजिक सञ्जालमा तपाईँहरु दिनदिनै केही न केही लेखिरहनु हुन्छ । मेरोतर्फबाट तपाईँ एउटा नोट हाल्दिनुस्– नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ को मंसिर मसान्तभित्र हुनुपर्छ भनेर लेख्नुस् त । कति प्रेसर पर्दौरहेछ हेर्नुस् त तपाईँहरु । को जित्छ, हार्छ आफ्नो ठाउँमा छ । हामीहरु त्यतातिर ध्यान दिएर अगाडि बढौं,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP
सोमंबुबिशु