मंगलबार , बैसाख २९, २०८३

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आफ्नो यस पटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताएकी छन् ।भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उनले भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा.एस जयशंकर र अन्य देशका समकक्षीहरूसँग भेटवार्ता भएको र राइसिना डायलगमा पनि सम्बोधन भएको बताईन् । उनले भारतबाट नेपालले खरिद गर्ने विद्युत् पनि निरन्तरताका लागि पहल गरेको सुनाईन् । नेपालको कूटनीतिक सम्बन्ध विस्तारमा यो भ्रमण फलदायी रहेको उनको दाबी छ ।

उनले यस भ्रमणका क्रममा भारतका विदेशमन्त्रीका अतिरिक्त मोल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्जीया, युक्रेन र फिलिपिन्सका परराष्ट्र मन्त्रीहरू तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशकसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । ‘भारतमा रहँदा मैले हाल नेपालमा देखिएको विद्युत् अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेँ । यसमा खासगरी नेपाल र भारतबीच रहेको विद्यमान द्विपक्षीय सम्झौताअनुसार नै इन्डियन इनर्जी एक्सचेञ्जमार्फत नेपालमा आपूर्ति हुने विद्युत्को परिमाणमा वृद्धि गर्न अनुरोध गरेकी छु,’– उनले भनिन् ।

उनले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरता तथा हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न आग्रह गरेको जानकारी दिइन् । त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा यूक्रेनमा यद्धबन्दीको रूपमा रहेका ७ जना नेपालीको रिहाइका लागि आग्रह गरेको जानकारी मन्त्री डा राणाले दिइन् ।

साथै, भारतले नेपालमा सदैव प्रजातान्त्रिक प्रणालीमा नै विश्वास गर्ने गरेको आफूले पाएको पनि उनले सुनाईन् । नेपालमा हालै राजावादी शिक्तिहरुले गरेको गतिविधिहरुतर्फ लक्षित गर्दै उनले भनिन्, ‘यहाँको राजनीतिक गतिविधिको बारेमा खासै हामीले त्यस्तो कुरा चाहीँ गरेनौं । तर, उहाँहरुको सपोर्ट चाहीँ डेमोक्रेशीलाई नै छ भन्ने उहाँहरुको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ । अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ । उहाँको ट्रेड मिनिस्ट्री, पावर मिनिस्ट्री, फरेन मिनिस्ट्री सिस्टम नै चेन्ज हुने भनेजस्तो उहाँहरुको आशय मैले देखिनँ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP